जाजरकोट – भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको ज्यान गएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो । पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेको उहाँले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको छ ।