काठमाडौं । बाणिज्य र विकास बैैंकका एटीएम सेवा आकस्मिकरुपमा अनिश्चितकालका लागि बन्द भएका छन् । एटीएम सर्भर डाउन भएका कारण अधिकाँस बैंकका एटीएमले काम गर्न छोडेका छन् । एटीएमको सर्भरले काम नगरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले नै बैंकिङ प्रणाली ह्याक गरेको आशंका गरिएको छ । एटीएम नचल्नुको अर्काे कुनै कारण पनि राष्ट्र बैंकले देखाउन सकेको छैन । ‘एनआईसी एसिया र प्रभु बैैकको एटीएम सर्भर डाउन भएको छ’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रसन्न निरौलाले भने ‘कति बैंकको सर्भरमा समस्या आएको छ त्यो हामीले अहिले हेरिरहेका छौ ।’ एटीएम प्रणाली ह्याक हुनुको कारण भने उनले अहिले नै भन्न नमिल्ने बताए ।
शनिवार राति प्रहरीले दरवार मार्गबाट एटीएमबाट रकम निकाल्ने गिरोहलाई पक्राउ गरेको थियो । केही समययता एटीएम ह्याक गर्ने र रकम निकाल्ने गिरोह सक्रिय भएको छ । दरवार मार्गबाट पक्राउ परेका पाँच जनामा तीन जना चिनियाँ नागरिक रहेका छन् ।










