धादिङ - धादिङकाे खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

तिजमा माइत हिँडेका यात्रुबोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर-५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते हुनेेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् ।दुर्घटनामा सामान्य घाइते भएका १३ जनाकाे हरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएको छ ।

घाइतेहरुकाे सूची

धादिङ ज्वालामुखी गाउँपालिका खरी बस्ने २९ वर्षीय सोम बहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वति नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली‚ ज्वालामुखी -५ खरी बस्ने १७ वर्षीया सरस्वती गुरुङ

काठमाण्डौ रिफर भएका घाइतेहरु

धादिङ जिल्ला, ज्वालामुखी गाउँपालिका-खरी बस्ने ३१ वर्षीय राम बहादुर दुवाडी र त्यसै ठाउँकी ६५ वर्षीया काली गुरुङ