काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधवार सकिने भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बुधवार सातौँ चरणको उपचार प्रक्रिया सकिने र यससँगै उपचार पूरा हुने बताएका छन् । आइतवार एक ट्वीट गर्दै अर्यालले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै रहेका निजी चिकित्सक डा. दिलिप शर्मालाई उदृत गर्दै अर्यालले सातौँ चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'सम्माननीय प्रमको प्लाजा फेरेसिस प्रकृयाबाट मृगौलासम्बन्धी एन्टबडीलाई निराकरण गर्ने उपचार जारी छ,' अर्यालले गरेको ट्वीटमा उल्लेख छ, 'प्रमसँगै रहनुभएका उहाँका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार भोलि सोमबार छैठौं र बुधबार सातौं चरणको प्रकृया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रमको स्वास्थ्य अवस्था सामान्य छ ।'

https://twitter.com/TheRealKalamchi/status/1168110535356776449