काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार बुधवार सकिने भएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा ६ भदौदेखि उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधवार पुरा हुने भएको छ ।
प्रधानमन्त्रीका प्रेम सल्लाहकार कुन्दन अर्यालका अनुसार शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गरिँदै आएको थियो । अहिलेसम्म पाँचौ चरणको प्लाज्मा फेरेसिस पूरा भइसेकेको छ। सोमबार छैठौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएपछि ओलीको उपचार प्रक्रिया पूरा हुने निजी चिकित्सक डा. दिलिप शर्माले बताए ।
ओलीको स्वास्थ्य अहिले सामान्य रहेको छ र केही मात्रामा सुधार पनि भएको प्रेस सल्लाहकार अर्यालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । बुधबार सातौँ चरणको प्लाजा फेरेसिसपछि प्रधानमन्त्रीको ओली कति दिन अझै अस्पतालमा बस्नुपर्ने हो त्यसको टुंगो लाग्नेछ ।










