स्याङ्जा । चापाकोट नगरपालिकाकी किशोरी १० दिनदेखि सम्पर्कविहीन भएकी छन् । वडा नम्बर ९ की १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि सम्पर्कविहीन भएकी हुन् । रेजिना काठमाडौंको बसुन्धारामा बस्दै आएकी थिइन ।

उनी १० दिनदेखि पारिवारीक सम्पर्कमा नरहेको आमा सरस्वती डोटेलले बताउनुभयो । परिवारका अनुसार उनी भदौ ७ गते पुल्चोक इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएकी थिइन । ‘त्यसपछि अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन’आमाले भन्नुभयो, ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बेपत्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो । दिवसले भन्नुभयो, ‘झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तले निरन्तर खोजी रहेका छन् । जनता समाचार बाट साभार