दमक/ झापाको दमकमा सवारी दुर्घटना भएको छ । दमक नगरपालिका वडा नं. ५ पाथिभरा पेट्रोल पम्प छेउ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे १० प २५४७ नम्बरको मोटर साइकलले दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिएको हो ।
साईकल यात्री धनकुटा घर भई दमक नपा ८ मा डेरा गरी बस्ने बर्ष २० को तिर्थ पौडेल र मोटरसाइकल चालक दमक नगर पालिका ९ बस्ने बर्ष ४१ को खगेन्द्र गजुरेल घाइते भनेको प्रहरीले जनाएको छ ।










