दमक/ दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले देशका कुनै पनि उद्योग बाणिज्य संघमा नभएको काम दमकमा भएको जनाएकाछन् । दमकमा ३ बर्षको अवधिमा धेरै काम भएको भन्दै बाणिज्य संघको गरिमा कायम राख्न फेरी प्रगतीशिल प्यानललाइ जिताउन आग्रह गर्दै उनले यस्तो बताएका थिए ।
उनले दमकमा शुरु गरिएको ब्यवसायीक हितकोषको अहिले सबैतिर प्रशंशा भएको र आफु लगायत बिमल खतिवडा सहितले यो योजना ल्याएको भन्दै यसको निरन्तरता आवश्यक भएको जनाएकाछन् ।
यस्तो कार्यक्रम अन्य कुनै पनि बाणिज्य संघमा छैन जो हामीले गरेका छौ र यसलाइ ब्यापारीले साथ दिएकाछन्, ढकालले भने । मंगलवार प्रगतीशिल समुहको तर्फबाट भएको पत्रकार सम्मेलनमा उनले ब्यवसायीलाइ भ्रम सिर्जना गरेर र गलत ब्याख्या गरेर अर्को समुहले भोट मागेको भन्दै त्यस्तो भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
https://www.facebook.com/275700246214455/videos/591890051551036/?t=5
पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार बिमल खतिवडाले बिपक्षीले ब्यवसायीक हितकोषकै बिरोध गर्दै हिडेको भन्दै ब्यवसायीक मुद्धा आफुहरुसंग रहेको जनाए । उनले दमकको विकास र सम्बृद्धिका लागि एकपटक आफु सहितको समुहलाइ मतदान गर्न आग्रह गरे । उनले आफ्ना ब्यवसायीक मुद्धाहरुको सट्टा बजारमा अनाअवश्यक भ्रम छर्ने काम भइरहेको भन्दै ब्यवसायीलाइ भ्रम नपाल्न आग्रह गरे ।
खतिवडाले ब्यवसायीले गर्व गर्न लायक काम गर्ने जनाउदै भ्रम वा दबाबमा नपरी मतदान गर्न आग्रह गरे । ब्यवसायीले कस्ले काम गर्छ भन्ने तीनबर्षको अवधिमा बुझ्नु भएको छ, खतिवडाले भने ।










