मेष – मानसम्मान बढ्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यापारमा राम्रो योग देखिन्छ । आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । शत्रुको भय रहनेछ । राजनीतिबाट फाइदा हुनुका साथै साताको अन्त्यमा भने खर्च बढ्ने र पारिवारिक समस्या हुनेछ ।

वृष – सन्तानबाट सहयोग पाइनेछ, भेटघाट एवम् भोजभतेरमा खुसियाली मिल्नेछ , वैदेशिक काममा फाइदा मिल्नेछ । लामो दुरीको यात्राकाे योग छ । मान्यजनबाट आश्वासनका साथै पद–प्रतिष्ठामा वृद्धि हुने छ । साताको अन्त्यमा आकस्मिक लाभ र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – दाजुभाइको सहयोगले काममा प्रगति मिल्नेछ । स्वास्थ्यमा भने समस्या हुनेछ । आफन्तबाट धोका मिल्नेछ । साताको मध्यमा विदेश यात्राको सम्भावना रहेको छ । भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । साताको अन्त्यमा राजनीतिक फाइदा र जिम्मेवारी बढ्ने देखिन्छ ।

कर्कट– पारिवारिक सहयोग पाइनेछ । प्रेममा प्रगति हुनाका साथै साझेदारीमा फाइदा मिल्नेछ । प्रेमीप्रमिकाबीच
सम्बन्ध सुध्रिनेछ । साताको मध्यमा भने अपजस आउन सक्नेछ । स्वास्थ्य समस्याले खर्च बढ्ने बढाउने देखिन्छ भने साताको अन्त्यमा अधुरा काम बन्ने र यात्राको अवसर पाइनेछ ।

सिंह– काम बिगार्ने अगि सर्नेछन् । वादविवादमा परिने सम्भावना छ । विरोधीहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । ससुराल पक्षबाट सहयोग पाइनेछ । वैवाहिक कुराकानी चल्नेछ । साताको अन्त्यमा भने मानसिक तनाव बढ्ने र गरेको काम बिग्रिने योग छ ।

कन्या– अकस्मात् जिम्मेवारी आउनेछ , कार्य व्यस्तता बढ्नाले घरायसी काममा वाधा हुनेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानबाट सहयोग पाइनेछ । मुद्दा मामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । साताको अन्त्यमा भने छोटो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ ।

तुला– यात्राको योग छ । खर्च बढी हुनेछ देखिन्छ । मनमा चिन्ता बढ्नेछ । चिसोले सताउनेछ । घरायसी समस्या बढ्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा मिल्नेछ । साताको अन्त्यमा विरोधीले काम बिगार्न सक्नेछन् ।

वृश्चिक– आम्दामी राम्रो हुनेछ । धनको योग छ । पराक्रम बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ । साताको मध्यमा समस्या बल्झिनेछ । काम अधुरा रहनेछन् । घरायसी झन्झट बढ्नेछ । साताको अन्त्यमा भने धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ ।

धनु – मान सम्मान पाइनेछ । राजनीतिक भेटघाटले अधुराकाम बन्नेछन् । कुटुम्ब भेटघाट रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यले बाधा तथा मनमा अशान्ति तथा पारिवारिक झैझगडा हुनेछ ।

मकर – लामो यात्रा हुनेछ , धर्ममा रुचि बढ्ने एवम् दान पुण्यकाममा खर्च हुनेछ । हतारमा काम बिग्रिनेछ । गरेको काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरिरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । साताको अन्त्यमा भने आकस्मिक लाभ तथा व्यापारमा राम्रो प्रतिफल मिल्नेछ ।

कुम्भ – अनावश्यक झमेला आउने छ । खर्चले तनाव बढ्नेछ । आफन्तबाट धोका मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्य तथा अन्त्यमा भने पारिवारिक सुख एवम् व्यापार व्यवसायबाट राम्र्रो आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । आफन्त भेटघाटमा समय बित्नेछ । काममा बोझ थपिनेछ ।

मीन – पारिवारिक मित्रता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । साताको मध्यमा भने अनावश्यक लाञ्छना लाग्नेछ, मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतीको सम्भावना एवम् गरेको काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने यात्रा तथा धार्मिक रुचि बढ्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah