काठमाडौ । प्रहरीले सुन तस्करीमा कडाइ गरिरहेका बेला तस्करले नयाँ नयाँ रणनीति अपनाउन थालेको पाइएको छ । प्रहरीको आँखा छल्न चक्कुको बिडभित्र लुकाएर ल्याइएको सुनसहित एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट पक्राउ गरेपछि तस्करीको अर्काे तरिका सार्वजनिक भएको हो

प्रहरीका अनुसार, नेपाल वायु सेवा निगमको उडानबाट दोहा हुदै नेपाल आएका कास्कीका सन्तोषकुमार नेपालीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनले दुई वटा चक्कुको बिंडमा आधा किलो सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई बुधबार नै राजश्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।