काठमाडौं : मूलपानीमा गएराति निर्माणधीन घर वर्षाका कारण भत्किएको छ। महानगरीय प्रहरी वृत बौद्धका अनुसार भत्किएको घरमा कुनै मानवीय क्षति भने भएको छैन।
वर्षाको पानी मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङका निमाणाधिन घरभित्र पसेपछि भत्किएको वृतका असई पिताम्बर पराजुलीले जानकारी दिए।
निर्माणधीन घरको क्षति विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।










