दमक/उद्योग बाणिज्य संघ दमकको लेखा समिति सदस्यमा दीपेन्द्र तिवारीले आफ्नो पक्षमा ब्यवसायीहरु रहेको बताएकाछन् ।

बाणिज्य संघ ठुलो बन्दै गएको र यहाँको लेखा प्रणालीलाइ सुब्यवस्थित गर्नका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताउदै आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यवसायीहरुले आफुलाइ एउटा उर्जाशिल युवा सम्झेर मतदान गर्नेमा आशाबादी रहेको समेत उनले जनाए ।

आफुलाइ एकपटक मत दिएर हेर्नका लागि उनले अनुरोध गरेकाछन् ।

उनले दमकका ब्यवसायीको सुरक्षा तथा बन्दमुक्त दमक बनाउन पनि आफ्नो प्रयत्न रहने छ ।

दमक फुटवल क्लव, धु्रवतारा स्र्पोटिंग क्लव लगायतका सामाजिक क्षेत्रमा उनि क्रियाशिल रहेकाछन् ।