दमक/भदौ २० अर्थात शुक्रबार दमक उद्योग बाणिज्य संघको निर्वाचन हुँदैछ । ३ बर्षको लागि नेतृत्व छान्नका लागि निर्वाचन हुन लागेको हो । अहिले दुबै पक्ष एकले अर्कालाइ कसरी सक्ने र गिराउने भन्नेमा लागेको भान हुन थालेको छ ।

बैचारिक रुपमा बहस गर्नु त ठिकै हो तर तल्लो स्तरमा उत्रेर गालीगलौज र अपमानजन्य हिसावले समेत प्रस्तुतीकरणहरु हुनु राम्रो होइन । जित र हार स्वभाविक हो । भोली संगै बसेर काम गर्नु पर्ने अवस्था आउन सक्छ । निर्वाचनको मुखमा सडकबत्ती बाल्ने, वाइफाइ जोड्ने, फोटो खिचेर मतपत्र देखाएमा १ हजार दिन्छु भन्ने सम्मका कुराहरु बजारमा आए । त्यो भएको समेत देखियो । यो कस्तो संस्कार शुरु हुँदैछ ?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाणिज्य संघमा किन धेरै पैसा चाहियो ? किन नाफा चाहियो पनि भनेको पनि सुनियो । आखिर संस्था घाटाहोस भन्ने कस्ले चाहान्छ ? सबै सक्षम र आत्मनिर्भर बन्नुपर्छ हैन र ? दमकका ब्यवसायीले स्वभिवेक प्रयोग गर्न सक्षमछन् र गर्छन् भन्ने लाग्छ ।

यसमा कसैको दबाब र प्रभाव पर्नु हुन्न । जसले जितेपनि ब्यवसायीले जित्ने हो । जसले जिते पनि ब्यवसायीक हित गर्ने हो । यसर्थ घृणित काम नगरौ । एकले अर्कालाइ सम्मान गरौ ।