दमक/उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार बिमल खतिवडा र गोकुल श्रेष्ठलाइ ब्यवसायीमाझ छलफल अर्थात ककसमा राख्ने काम यो पटक जेसिजले गर्न नसकेको पाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुइ अध्यक्षलाइ राखेर ककस गराउने योजना र कार्यक्रम रहेपनि लोकतान्त्रिक समुहका अध्यक्षका उम्मेद्वार गोकुल श्रेष्ठ पक्षधरले यसलाइ नमानेकाले शुक्रबार हुने ककस गर्न नसकिएको ककस कार्यक्रम गर्न जेसिजले बनाएको समितिको संयोजक रमेश लुइटेलले बताए ।

ब्यवसायीमाझ बोल्न र आफ्नो कुरा राख्न डराएर नआएको भन्ने सन्देश गएको भन्दै ककस गराउन धेरै कसरत भएपनि लोकतान्त्रिक प्यानलले यसले अस्वीकार गरेको समेत उनको भनाइ छ ।