काठमाडौं – पर्साको वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

अध्ययनका लागि विद्यालय जाँदै गर्दा वीरगञ्ज– ३ छपकैया निवासी मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

दुई युवाले गणेशमान चोकमा पुग्दा एसिड प्रहार गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पीडित युवतीको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।