शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको उनलाई काठमाडौं रेफर गरिएको हो।
संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रेफर गरिएको हो। सांसद यादवले उनको उपचारका लागि ५० हजार सहयोग गरेका छन्। सांसद यादवले छात्रामाथि भएको घटना दुखद भएको बताउँदै घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिए।
त्रिभुवन उच्चमावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए।










