प्रेस यूनियन झापा माइपश्चिमको आयोजनामा आज झापाको दमकमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । माइपश्चिमका अध्यक्ष बिष्णु सुब्बाका अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँसद महेन्द्रकुमारी सुब्बा, राप्रपाका सहमहामन्त्री राम थापा, माओबादी केन्द्रका नेता गगन पुरी, आदिबासी जनजाती महासंघकी सचिब शान्ति धिमाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नयाँ बर्षले सबैलाइ सुख र शान्ति दिओस भन्ने कामना गरिएको थियो । त्यहाँ राप्रपाका दमकमा मेयरका उम्मेदवार रहेका राम थापा र माओबादीका मेयरका उम्मेदवार गगन पुरीको घोचपेचले शुभकामनाको माहोललाइ अझ तताएको थियो ।