काठमाडौं– दुई साता लामो उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किएका छन् । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर ओली शुक्रवार मध्याह्न स्वदेश फिर्ता भएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा लगायत सरकारका मन्त्री र उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानस्थलमा प्रधानममन्त्री ओलीले मिडियालाई कुनै प्रतिक्रिया दिएनन् । उपचारका लागि ओली गत भदौ ४ गते सिंगापुर प्रस्थान गरेका थिए ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको मिगौलाको 'प्लाज्मा फेरेसिस' गरिएको थियो । ओलीको उपचारको अन्तिम डोज बुधवार दिइएको थियो ।

अघिल्लो पटक स्वदेश फर्किँदा प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए– 'मेरो स्वास्थ्य अवस्था हेर्दै थाहा भइहाल्यो होला नि !' लोकान्तर बाट साभार