दमक/ दमक उद्योग बाणिज्य संघको निर्वाचनको समय केहि परिवर्तन भएको छ । अपरान्ह ३ ३ बजेसम्म मतदानको समय भनिएकोमा सहमतिका आधारमा ५ बजेसम्म मतदान गर्न पाउने ब्यवस्था मिलाईएको छ ।

दिउसो २ बजेसम्मको अवधिमा १२ सयभन्दा बढि मत खसेको र बाँकी उत्साहजनक रुपमा मतदान भइरहेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचन समितिका सदस्य लीला गुरागाइका अनुसार शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

दमकका ब्यवसायीले ३ बर्षका लागि अध्यक्ष सहितको नेतृत्व छान्दैछन् । अध्यक्षमा बिमल खतिवडा र गोकुल श्रेष्ठ उम्मेदवारछन् ।