काठमाडौंः सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरे। जीप सडकबाट तल खसेको उनले बताए।

दुर्घटना सर्लाहीका महेन्द्र सहनी, माहोत्तरी माइस्थानका वीरसिंह वाइवा र रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझीको मृत्यु भएको एसपी सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते बनेका अन्य आठ जनाको हेटौंडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एभरेस्ट दैनिक बाट साभार