३१ चैत, रौतहट । रौतहटको देवाहीगोनाही गाँउपालिकाको कर्कचकर्मैयाका दलित बस्तीमा दुई पक्षवीच बादविवाद हुँदा भएको झडपमा एक जना बृद्धको मृत्यु भएको छ ।

कर्कच कर्मैया गाउँको दलित बस्तीमा जाँडरक्सी सेवन गरी मात्तिएका माझी समुदायका दुई पक्षवीच सामान्य भनाभन पछि सुरु भएको विवादले उग्र रुप लिएपछि झड्प हुँदा स्थानीय ६० बषर्ीय लक्षमण माझी गम्भीर घाईते भएका थिए ।

उकोमा बासको भाटाले गम्भीर चोट लागेका माझीको उपचारको क्रममा गरुडा नगरपालिकास्थित हेल्थ ल्याण्ड अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माझीको मृत्यु भएपछि तत्कालै प्रहरीले भाँटा प्रहार गर्ने ब्रम्हदेव माझी, रम्भु माझी र विक्रम माझीलाई नियन्त्रणमा लिएको छ ।

मृतकको शवलाई पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको र घटना सम्बन्धमा अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए ।