काठमाण्डौ, २१ भदौ । सरकारले आजबाट दुधको मुल्यमा ६ रुपैयाँ बढाएको छ । शनिबारबाठ लागु हुनेगरि दुधको मुल्यमा वृद्धि गराएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुधको मुल्यमा वृद्धि गरेको हो । अब एक लिटर दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बढेको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सुझाव दिएको थियो । तर, मनत्रालयले अहिले ६ रुपैँया मात्रै निर्णय गरेको छ । जुन मुल्य आजबाट लागु भएको छ ।