काठमाडौं– सिंगापुरबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष सहभागीतामा आइतवार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री ओलीको आह्वानमा आइतवार मध्यान्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफलका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
यसअघिका दुई मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली सिंगापुरमा उपचाररत थिए । उनले भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठकमा आफ्नो सहभागिता जनाएका थिए ।










