द्रुत गतिमा कोरिया भित्रिदै गरेको शक्तिशाली आँधी लिंङ्लिङले शनिवार बिभिन्न क्षेत्रमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।
यो बर्षको तेर्हौ आंधी, लिंङ्लिङ जापानको ओकिनावा बाट २० देखि ३० किलोमिटर प्रतिघन्टाको दरले कोरिया भित्रिने क्रममा रहेको कोरियाली मौसम बिभाग केएमएले जनाएको छ l उक्त आँधीले उच्च बर्षा समेत गराउने अनुमान गरिएको छ ।

उक्त आंधीको चाँप ९४० हेक्टोपास्कल तथा गति ४७ मिटर प्रति सेकेन्ड छ । यो गतिले कार ,जाहाज लाइ अनियन्त्रित गर्नुका साथै रुखहरु समेत उखेल्न सक्ने बताइएको छ ।
मौसम विभागले कोरियाका बिभिन्न टापुमा आंधीको गति ५५ मिटर प्रति सेकेन्ड सम्म हुन सक्ने बताएको छ । यसले कोरियामा ठुलो क्षति निम्त्याउन सक्ने भएकोले सचेत अबस्थामा रहन सुझाब दिइएको छ ।

आँधीले जेजु टापु तथा राजधानी सियोललाइ समेत क्षति पुर्याउने अनुमान छ । हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा हुने छ भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टा को बेग रहने बताइएको छ । कोरिया टाइम्स, हेल्लो कोरिया नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय