दमक/आउदो भदौ २८ गते पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापा आउने भएकाछन् ।
पार्टी नेता कार्यकर्तालाइ सम्बोधन गर्नका लागि पार्टी अध्यक्ष प्रचण्ड सहित संविधान सभाका सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ झापा आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । बिर्तामोडको अग्रसेन भवनमा कार्यक्रम रहेको बताईएको छ ।










