समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छिन् । आइतबार ललितपुरको ग्वार्कोमा उनी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी हुन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा सो दुर्घटना भएको हो । उनको ग्वार्कोमै रहेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको छ । यमी सवार स्कुटरलाई ठक्कर दिने मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।










