काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई डेंगु संक्रमण भएको आशंका गरिएको छ । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी टेकु अस्पताल पुगेका थिए।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले डेंगु नै भएको प्रमाणित नभएको बताए । 'अस्पतालमा चेकअप गराइएको हो' उनले भने 'डेंगु नै भएको भन्ने प्रमाणित भएको छैन्। आशंका गरिएको हो । अहिले घरमै आराम गरेर बसिरहनु भएको छ ।'










