नेपाली काँग्रेसले झापाको कमल गाँउपालिका साविक लखनपुर १ आदिबासी रंगशालामा आउदो बैशाख ५ गते गर्ने प्रदेश स्तरीय बृहत आमसभाको तयारीलाइ तिब्र बनाएको छ । यहाँका काँग्रेसका सबै भातृ संगठनहरुलाइ परिचालन शुरु गरेको छ । कमल गाँउपालिकाका काँग्रेस नेता राजु न्यौपानेका अनुसार जिम्मेवारी बाँडफाँड देखि लिएर तयारीमा कुनै कमी नहुने गरी ब्यवस्थापन शुरु गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौड्याल लगायत पार्टीका सबै शिर्षस्थ नेताहरु आउने भएकाले यसलाइ काँग्रेसले आफ्नो चुनावी शक्ति प्रर्दशनको रुपमा लिएको छ । नेपाली काँग्रेस दमक नगरसभापति रोशन बिष्ठका अनुसार दैनिक जसो बिभिन्न तयारीका लागि बैठक छलफलहरु भइरहेका छन् । जिम्मेवारी बाँडफाडको काम समेत सकिएको छ ।
नेपाली काँग्रेसका दमक नगर सहसचिब दिपेश दाहालका अनुसार दमक र कमल गाँउपालिकाका सयौ युवाहरु कार्यक्रमलाइ सफल बनाउनका लागि तयारीमा जुटेकाछन् । कार्यक्रम भब्य र सभ्य बनाउनका लागि ब्यवस्थापनमा कुनै कमी हुन नदिनका लागि काँग्रेसका सबै भातृसंगठन देखि लिएर सबै तहका नेताहरु लागि परेकाछन् ।










