दमक/चाडपर्व नजिक आएसगै प्रत्येक हप्ता बन्द हुँदै आएको दमक बजार अब खुला हुने भएको छ । यस सम्बन्धि दमक उद्योग बाणिज्य संघले सार्वजनिक सूचना जारी गरेर नै यस्तो जानकारी गराएको छ ।

संघका कार्य समिति सदस्य नविन बरालका अनुसार चाडपर्वमा किनमेललाइ सहजहोस भनेर यस्तो निर्णय गरिएको हो । संघको सूचना यस्तो छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रत्येक हप्ताको शुक्रबार पसल खुल्ला रहने सम्बन्धि दमक उद्योग वाणिज्य संघको सुचना 

यस दमक क्षेत्रमा रहेका पसल व्यवसायहरु प्रत्येक शुक्रबारका दिन साप्ताहिक रुपमा बन्द हुँदै आइरहेकोमा नेपालीहरुको महान् चाडपर्वहरु नजिकिएका कारण आम उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै आगामी शुक्रबार भाद्र २७ गते देखि कात्र्तिक १५ गते शुक्रबारसम्म प्रत्येक हप्ताको शुक्रबारका दिन समेत सम्पूर्ण पसल, व्यवसायहरु खुल्ला रहने व्यहोरा आम उपभोक्ता तथा उद्यमी व्यवसायी महानुभावहरुमा जानकारी गराइन्छ । साथै नेपालीहरुको महान् चाडपर्व विजया दशमी, शुभदिपावली, छठ, इद लगायत सम्पूर्ण पर्वहरुका अवसरमा उद्यमी व्यवसायी तथा आम उपभोक्ताहरुमा सुखशान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रार्थी

दमक उद्योग वाणिज्य संघ

दमक, झापा ।