स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङमा आचारसंहिता उल्लंघन बढ्दै गएको छ । सरकारी निकायमा कार्यरत कर्मचारी र शिक्षक निर्वाचनको प्रचार प्रसारमा लाग्न नपाइने भनेर निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरे पनि मोरङमा भने शिक्षकहरुनै चुनावी प्रचारमा लागेको स्थानीयको आरोप छ ।

विद्यालय पढाउन जाने शिक्षकहरु अहिले दलका कार्यकर्ताको रुपमा परिचित हुन थालेका छन् । उनीहरु भोट माग्न अहिले जनताको घरघरमा पुग्ने गर्छन् । पूर्वका केहि जिल्लामा भित्तेलेखनमा समेत शिक्षक प्रयोग हुन थालेका छन् । निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ नम्बर ‘झ’ मा निर्वाचन सम्बन्धी प्रचारप्रसारको लागि धार्मीक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राज्यको तलब खाने दलको झोला बोक्नेलाई दलका कार्यकर्ता या शिक्षक भनेर छुट्याउन समस्या पर्न थालेको भन्दै चियापसलहरुमा टिप्पणी हुने गरेको छ ।

नयाँ पत्रिका