दमक/ आन्तरिक तथा बाह्य पर्यटकलाइ लक्षितसंगै सरकारले सन् २०२० लाइ पर्यटन बर्ष घोषणा गरिसेकेको अवस्थामा यसलाइ सफल बनाउन आफ्नो तर्फबाट पनि सहयोग पुगोस भनेर झापाको दमक ४ मा एकै घरका चार दाजुभाइ मिलेर चियाबारी होटल एण्ड रिसोर्ट बनाएकाछन् ।

अधिकतम रुपमा बाँस र फलामको प्रयोगबाट झण्डै एक बिगाह जमिनमा रिर्सोट फैलिएको छ । दमकको चियाबारी नजिकै भएकाले यसको नाम नै चियाबारी राखिएको बताईएको छ ।  चियाबारीको मनोरम दृश्यवालोकन सहितको आनन्द यहाँ पाउने दाबी गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्गा सिटौला, उमेश सिटौला, दीपक सिटौला र विशाल सिटौला मिलेर झण्डै ७० लाखको लागतमा रिर्सोट सञ्चालनमा ल्याउन लागेकाहुन् । उमेशका अनुसार यस क्षेत्रमा दाजु र आफु पनि लामो समय अनुभव बटुलेकाले फरक किसिमले सेवा दिन फेम्लि रिर्सोट खोलिएको हो ।

बच्चाहरु खेल्नका लागि ब्यवस्था, यहि पालिएको लोकल कुखुरा, माछा आफै बल्छि थापेर खान सकिने जस्ता ब्यवस्थाहरु यहाँ रहने उनले बताए । चियाबगान नजिकै पुर्वपश्चिम राजमार्गमा नै बेतनी खोलाको दक्षिणमा रिसोर्ट रहेको छ ।

असोज १ गतेदेखि पुर्ण रुपमा यसलाइ सञ्चालनमा ल्याइने सञ्चालकमध्येका एक दुर्गा सिटौलाले बताए । १ गते सांगेतीक कार्यक्रम सहित उद्घाटनको कार्यक्रम रहेको उनले जनाएकाछन् । उद्घाटनमा छुटको समेत अफर राखिएको बताईएको छ ।