सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी राष्ट्र भारतको तर्फबाट दवाव दिइएको पाइएको छ।

सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार नयाँ वर्षको शुभकामना दिँदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । मोर्चाका नेताहरूसँग भएको सम्वादमा पुरीले निर्वाचनमा भाग लिन आग्रह गरेका हुन्।

नेपाल समाचारपत्र