काठमाडौं– विवेकशील नेपाली दलको अध्यक्ष उज्वल थापाले पदबाट राजीनामा दिने भएका छन् । मंगलवार एक विज्ञप्ती सार्वजनिक गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनपछि नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्न लागेको जनाएका छन् ।

विज्ञप्तीमा उनले भनेका छन्, 'विगत ८ वर्ष अगाडि शुरू भएको विवेकशील नेपाली अभियान र दललाई नेतृत्व गर्दै आएको सन्दर्भमा आफूले लिएको पद र यसले बोकेको भूमिकालाई अझ थप उर्जा र सिर्जनशीलता बोकेका नेतृत्वमा हस्तान्तरण गर्नुपर्ने आवश्यकता मैले आभास गरेको छु ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी दिनमा आफू देशमा व्याप्त लुटतन्त्रको विरुद्धमा नै काम गर्ने प्रतिवद्धता जनाउँदै उनले उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाईरहेको “मध्यममार्गी” दिशामा नै रहने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, 'आगामी दिनमा मेरो योगदान देशमा व्याप्त लूटतन्त्र बिरुद्ध सबै उदार लोकतन्त्रवादीहरुलाई विवेकशीलले देखाईरहेको “मध्यममार्गी” दिशामा ऐकबद्ध रुपमा खडा गर्नमा पनि रहनेछ।' विगत ८ वर्ष अगाडि उनकै नेतृत्वमा विवेकशील नेपाली अभियान शुरूआत भएको थियो । लोकान्तर बाट साभार