
हाम्रो वैदिक सनातनधर्म यति विशाल छ की याहाँ सबैको पुजा र सम्मान हुनेगर्दछ । वृक्ष देखि पशुपक्षी सम्मको पुजाको पद्धति आर्य सभ्यतामा रहेकोछ । पुजा कुरिती होइन पुजा सम्मानहो, पुजाले आत्मबल, मानसिक शान्ति प्रदान गर्दछ ।
मनकै कारणले ब्यक्ति दुःखी र वन्धनमा पर्ने हुन्छ “मनएव मनुष्याणां कारणं बन्धमोक्षयो” संसारमा मनुष्यलाई मन द्वारानै वन्धन र मुक्ति प्राप्ती हुन्छ, अतः पुजागर्नु मनशान्त पार्नु हो, मनशान्त भए पारिवारिक सुःख समृद्धिको वृद्धि हुन्छ ।
यिनै पुजन पद्धति मध्य एक बिश्वकर्मा पुजा पनि हो यो पुजा हरेक बर्ष आश्विन १ गते गर्ने चलन रहेकोछ । बिश्कर्मा भनेका शिल्पीकलाका मालिक हुन् ।
विश्वकर्मापुजा बैदिक काल देखि नै चलिआएको हो बिश्कर्मा वास्तुदेवका पुत्र हुन् विष्णुको नाभि कमल ब्रह्मा ब्रह्माका पुत्र धर्म धर्मका वसु नामगरेकी पत्नीबाट वास्तुदेव नामका पुत्र भए र शिल्प शास्त्रका प्रवर्तक कहलाए सोही कारण विश्वकर्माले रचनागरेको गृह निर्माण विद्यालाई वास्तु शस्त्र भनियो ।
वस्तुदेवकी आंगिरसी नामगरेकी पत्नी बाट विश्वकर्माको उत्पत्ति भयकोहो भन्ने शास्त्रमा उल्लेख गरियकोछ । विश्वकर्माले सत्ययुगमा स्वvishvakarma-pujaर्ग त्रेतायुगमा लङ्का द्वापरयुगमा द्वारिका कलियुगमा हस्तिनापुरको निर्माण गरे । सम्पूर्ण देवताका शिल्पी विश्वकर्माकै सहाराले कृष्णले कसैले पनि भेदनगर्न नसक्ने द्वारिकापुरीको निर्माणगर्न सफलभए ।
दृश्यते यत्र हि त्वाष्टं« विज्ञानं शिल्पनैपुणम् ।
रथ्याचत्वरवीथीभिर्यथावास्तु विनिर्मितम् ।।
विश्वकर्माको निर्माण विज्ञान सम्मत थियो भन्ने कुरा भागवतले पनि स्पस्टपारेको छ । कल–कारखानाका अधिष्ठता बाबाको पुजन वैदिक सनातन काल देखि चल्दैआएकोछ हिन्दूहरुले गर्ने प्रधान कर्म अग्निस्थापनामा पनि अग्निकुण्ड निर्माण र शुद्धि पश्चात प्रथम विश्वकर्मणे नमः भनी बाबा विश्वकमाकर्माको आवाहन गर्ने पुजन गरिसके पछि ज्ञान अज्ञानमा भएको खन–जोतको दोष निवारणार्थ प्रार्थना निम्न मन्त्रद्वारा गरिन्छ
अज्ञानाज्ज्ञानतो वापिदोषास्युः खननोद्भवाः ।
नाशयत्वं हि तान्सर्वान् विश्वकर्मन् नमोस्तु ते ।।
धन–धान्य एवं सुख–समृद्धि को अभिलाषा राख्ने व्यक्तिले बाबाको पुजा–आराधना गर्नु आवश्यक देखिन्छ ।
विश्वकर्माको पुजा भनेको कर्मको पुजाहो भने अर्को कुुरा छुवाछुत र भेदभावको अन्त्य गर्दै मूर्ति पुजामात्र होइन मूर्तिकारको पनि पुजा हो । – पण्डित-ध्रुबशरण ढुंगाना