झापा । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकै घरका दाजुभाइलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी एकै घरका दाजुभाइलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा १५ वर्षीय बालिकालाई उनकै २३ वर्षीय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जङ्गलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै पिडकको घरमा पुगेकी बालिकालाई पिडकका २५ वर्षीय दाजुले समेत सोही जङ्गलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउन साथ घटनामा संलग्न २ जना दाजुभाइ पक्राउ परेको जनाइएको छ । पक्राउ परेका दुवै जना लाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।











