काठमाडौँ, १ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । दाँतको उपचारका लागि प्रचण्ड अस्पताल पुगेका हुन् ।

प्रचण्ड दाँतको उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन् । बारम्बार दाँत दुख्न थालेपछि बुधबार दिउँसो प्रचण्ड अस्पतालमा पुगेको उनको निजी सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रचण्डको उपचारमा संलग्न चिकित्सकले दाँत निकाल्न सुझाव दिइएको बताइएको छ ।