झापा। झापाको कमल गाउँपालिका- ४ का ३८ वर्षीय प्रेम गुरुङ लागु औषध सहित पक्राउ परेका छन् । बुधवार दिउँसो साँढे २ बजे प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ६२ एम्पुल डाईजेपाम, ६२ एम्पुल फेनेरागन र ६२ एम्पुल लुपिजेसिकसहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका गुरुङलाई कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।