भद्रपुर । संविधान तथा राष्ट्रिय दिवस २०७६ विविध कार्यक्रमको आयोजना गरी झापा जिल्लामा मनाउन सुरु गरिएको छ ।संविधान तथा राष्ट्रिय दिवस २०७६ जिल्ला समारोह समिति झापाले बिहीबार बिहान भद्रपुरमा आयोजना गरेको सडक दौड (मिनी म्याराथन) तथा मेची पुलमा राष्ट्रिय झन्डा राखेर जिल्लामा संविधान दिवस मनाउन सुरु गरिएको हो ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष तथा समारोह समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षमा भएको संक्षिप्त कार्यक्रमका बिच भद्रपुर ५ स्थित मेची पुल नजिकै ५ मिटरको राष्ट्रिय झन्डा राखेका छन् । नेपाल–भारतको सीमावर्ती नाकामा राष्ट्रिय झन्डा नरहेको अवस्थामा राष्ट्रको पहिचान झल्काउन मेची पुलमा झन्डा राखिएको समितिले जनाएको छ ।











