सप्तरी , ३ असोज —मदिराको तालमा ७० वर्षीय वृद्धालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सप्तरीको खडक नगरपालिका —८ मुसहर्नियाका ४० वर्षीय रोहित सदाले मदिराको नसामा मातिएर युवती ठानेर ७० वर्षीय वृद्धालाई करणी गरेको स्वीकारेपछि राजविराज कारागारमा थुनिएको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत साल असोज १६ गते घरमा कोही नभएको मौकामा वद्धृमाथी जर्वरजस्ती करणी गरी फरार अभियुक्तलाई वृद्धकै भाइले ललाइफकाई गाँउमा बोलाएर गएको भदौ १९ गते प्रहरीलाई जिम्मा लगाइएको थियो ।

प्रहरीले आवश्यक अनुसन्धान गरि कारागार चलान गरेको छ ।