काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।गत (बिहीबार) नेकपाका अध्यक्षद्वय केपी शर्मा ओलीको व्यस्तता र र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको बैठक आज प्रधानमन्त्री निवास बालुवाटार अपरान्ह ३ बजे बस्न लागेको नेकपाको उच्च स्रोतले जनाएको छ।

बैठकले एकता प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउने तयारी गरिएको छ ।नेकपाले एकता प्रक्रियाका मुख्य काम स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला र स्थानीय तहको एकता प्रक्रियालाई टुंग्याइसकेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनको काम भने बाँकी छ। त्यस्तै, पोलिटब्युरो गठन पनि गर्न बाँकी छ। बैठकले महत्वपूर्ण मानिएका पार्टीका ५ केन्द्रीय आयोगको जिम्मेवारीसमेत तोक्न सक्नेछ।

यसैगरी केन्द्रीय विभागहरुलाई पनि पूर्णता दिने तयारी भईरहेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो । यसैगरी आजको बैठकमा प्रदेश–२ नेकपामा देखिएको विवादका विषयमा पनि छलफल हुने बताएको छ । सो प्रदेशमा एकले अर्को पक्षलाई कारवाहीका लागि केन्द्रलाई पत्र पठाएपछि विवाद उत्कर्षमा रहेको छ ।