म्याग्दी  । भीषण वर्षापछि आएको बाढीले बेनी नगरपालिकामा दुई घर बगाउदा त्यहा रहेका दुई बालक बेपत्ता भएका छन् ।

शनिवार राति परेको भीषण वर्षापछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् ।