असोज ५, २०७६

काठमाडौं– साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतवार तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

आइतवार चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।