काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटस्थित एक कपास उद्योगमा आगलागी भएको छ ।
आइतबार बिहानै दुर्गा कपडा रिफाइनरी उद्योगमा आगलागी भएको महानगरीय प्रहरी वृत थिमीले जानकारी दिएको छ ।आगलागीबाट उद्योगभित्र रहेका सम्पूर्ण सामान जलेका छन् ।
काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको छ ।










