काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको मौसम पूर्वानुमान महाशााले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदलि रही पूर्वका १–२ स्थानहरुमा मेगगर्जन सहित वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान असोज ०५ गते (आईतबार) दिउँसोः देशभरी सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रातीः देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ०६ गते (सोमबार) दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज ०७ गते (मंगलबार) दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू–भागका केही स्थानहरुमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन–चट्टयांगसहितको हल्कादेखि मध्यम वर्षाका साथै पूर्वी र मध्य भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडि भु–भागमा पहिरो जान सक्ने तथा नदिहरुमा पानीको वहाब सामान्य बढ्न सक्ने हुनाले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।