ताप्लेजुङ ।ताप्लेजुङको मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन ।

शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका-३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिईन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका-३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका-३ तमर नदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा सन्जमाया तामाङलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।