सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले समृद्ध नेपाल निर्माणको लागि भ्रष्टाचार बाधक रहेको बताउनुभएको छ ।
गोलबजारमा शनिबार सिरहा सुपर मार्केट प्रा.लिद्वारा संचालित एवी मलको उद्घाटन गर्दै मन्त्री यादवले समृद्ध नेपालको लागि भ्रष्टाचारविरुद्ध आन्दोलन नै चलाउनुपर्ने उल्लेख गर्नुभयो ।
‘भ्रष्टाचारले जरा गाडिसक्यो, समृद्ध नेपालमा भ्रष्टाचार वाधक छ’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध आन्दोलन नै गर्नुपर्ने बेला भइसकेको छ’ उहाँले भन्नुभयो, ‘युवा, नागरिक समाज भ्रष्टाचार विरोधी आन्दोलन चलाउनुस्, म जेसुकै त्यागेर त्यो आन्दोलनमा सहभागी हुन्छु ।’
मन्त्री यादवले आफूलाई पनि केही मिडियाले भ्रष्टचारीको विल्ला भिराएको भन्दै त्यसमा कुनै सत्यता .नभएको स्पष्टिकरण दिनुभयो ।
.‘मेरो मदनाम गर्ने नियतले भ्रष्टाचार गरेको अफवाह फैलाएको हो’ उहाँले भन्नुभयो, ‘त्यसमा कुनै सत्यता छैन ।’ मन्त्री यादवले आयातित सामान बेचेर मुलुक समृद्ध नहुने धारणा व्यक्त गर्नुभयो ।










