इलाम । इलामको सन्दकपुर गाउँपालिका १ माइपोखरीका बुद्ध राईले दाजुलाई खुकुरी प्रहार गरि घाइते बनाएर आफुले आत्महत्या गरेका छन् । ६४ वर्षका विष्णु राइलाई खुकुरी प्रहार गरी ४५ वर्षका बुद्ध राईले झुण्डिर आत्महत्या गरेका हुन् ।
घाइते विष्णुको इलाम अस्पतालमा समान्य उपचारपछि झापा लगिएको प्रहरीले बताएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने खुलेको छैन । उनीहरुका बीचमा त्यस्तो रिसिबि भएको थाहा नभएको अर्का भाइ चक्र बहादुर राई बताउँछन् ।











