काठमाडौं । चाडबाडको समयमा लामो समय घर छाडेर जाने उपत्यकाबासीलाई घर छाड्नुअघि प्रहरीलाई जानकारी दिन सुरक्षा निकायले अनुरोध गरेको छ।

उपत्यकाका तीनैवटा प्रहरी कार्यालयले जनतालाई आफूसँग बहुमूल्य सामग्री भए, त्यसबारे पनि नजिकैको प्रहरी कार्यालयलाई जानकारी दिन अनुरोध गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपत्यकाको तीनैवटा परिसरले सार्वजनिक गरेको चाडबाड लक्षित सुरक्षा योजनाअनुसार प्रहरीले कुनै पनि घटना भए तत्काल प्रहरी र छिमेकीलाई समेत जानकारी दिन आग्रह गरेको छ।

‘हामीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत बैंक वित्तीय संस्था, सपिङ मल धेरै भीडभाड हुने क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन गरेका छौं।’ –सार्वजनिक सुरक्षा योजनाबारे जानकारी गराउँदै महानगरीय प्रहरी परिसर काठमाडांैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले नेपाल समाचारपत्रसंँग भने ।

काठमाडौंले जस्तै ललितपुर र भक्तपुर परिसरले पनि सुरक्षा योजना तयार पारेको छ।तीनै परिसरले विशेष गरी उपत्यकाबाट बाहिर जाने–भित्रिने नाकामा कुकुरले जाँच गर्ने व्यवस्था मिलाएको छ। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुवेदीले विशेष गरी थानकोट, फर्पिङ नाकामा सो व्यवस्था गरेको छ।  नेपाल समाचारपत्रबाट