काठमाण्डु , ६ असोज – अब निजामती सेवाका कर्मचारीहरुको संख्या कटौती हुने भएको छ ।
सोमबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका हुन् । उनले लगानीअनुसार फल नभएकाले पनि निजामती कर्मचारीलाई निश्चित संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारे । मन्त्री पण्डितले उक्त कार्यक्रममा निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो ।











