भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापामै सूचना अधिकारीको नाम र फोन नम्बरसहितको टाँस गरिएको बोर्ड नराखिएकोले तत्काल राख्न कर्मचारीलाई निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) उदय राना मगरले बताए ।

काभ्रे जिल्लाबाट भखैरै सरुवा भएर झापा आएका सिडीओ रानाले सोमबार झापाली पत्रकारसँग गरेको परिचयात्मक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सूचनाको अधिकार र पहुँचबाट कुनै पनि नागरिक बञ्चित हुनु हुँदै बताउँदै सिडीओ राणाले भने, ‘आफ्नै कार्यालयभित्रै सेवाग्राहीले सेवा लिने ठाउँमा सूचना अधिकारीको बोर्ड मैले आउँदा देखिन, नदेखेपछि तत्काल सूचना अधिकारीको नाम र फोन नम्बरसहितको बोर्ड राख्न कर्मचारीलाई निर्देशन दिइसकेका छौ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘सूचना अधिकारी बोर्ड देखिने स्थानमा हरेक सरकारी कार्यालयले राख्नु पर्छ’, उनले भने, ‘ढिला भएपनि पहिला आफु कार्यरत कार्यालयबाटै यसको सूरुवात गर्छौ, अनि जिल्ला हरेक कार्यालयमा सूचना अधिकारीको बोर्ड राख्न लगाउँछौ, ।’ जिल्लाका सरकारी कार्यालयको सूचाना अधिकारी र कार्यालय पोसाकको बिषयमा पत्रकारले राखेको जिज्ञासा पश्चात सिडीओ राणाले भने, ‘कार्यालय पोसाक लगाउन र सूचना अधिकारीको अनिवार्य राख्न कार्यालय प्रमुखको बैठकमा निर्देशन दिने छौ ।’

जिल्लाको शान्ति सुरक्षासँगै सुशासन सम्बन्धी महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जाहेर गरे । विगतमा भइरहेका गतिविधिलाई यथावत् राखी अझ महत्वपूर्ण तवरले जिल्लाको काम गर्ने उनको भनाई छ । तर, पत्रकारको भूमिका सहयोगि हुनुपर्ने उनको माग छ । प्रशासन लगायत समग्र झापा जिल्लालाई समृद्ध बनाउन पत्रकारको तर्फबाट गरिने सहयोगमा कुनै कन्जुञ्याँइ नहुने पत्रकार महासङघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले बताए ।

त्यसैगरी राष्ट्रिय समाचार समितिका सदस्य दयाराम दाहालले आम जनतालाई सूसुचित गराउन पत्रकार र जिल्लाको प्रशासन पक्षको समन्वयकारी भूमिका हुनुर्पे बताए । कार्यक्रममा पत्रकार ईश्वर अधिकारी, उत्तम नेपाल, पार्थ मण्डल, डिकेश लामा, विष्णुप्रसाद पोखरेलले सुझाव तथा जिज्ञासा राखेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल काठमाडौँ जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न गएपछि उनको स्थानमा राना आएका हुन् ।